१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धको बहानामा मूल्यवृद्धि गरिएकामा आपत्ति



अ+ अ-

झापा । रुस–युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेललगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरिएकोमा आपत्ति जनाउँदै जिल्लास्थित उपभोक्ता जागरण अभियानले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । 

अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको पाँचबुँदे ध्यानाकर्षण पत्रमा रुस–युक्रेन युद्ध र त्यसले पारेको असरले डलर र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा विश्व नै महँगीको चपेटामा परेको उल्लेख गरिएको छ । 

अभियानका जिल्ला अध्यक्ष मोहनकाजीको  हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा बजारमा अस्वाभाविकरुपमा मूल्यवृद्धि गरिएकाले आम जनगुनासोलाई मध्यनजर गर्दै सरकारी अनुगमन संयन्त्रलाई परिचालन गरेर महँगी नियन्त्रण र बजारलाई स्वच्छ बनाउन अनुरोध गरिएको छ । पत्रमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन गराउन र त्यसो नगर्नेलाई कानुनी कारबाही गर्नसमेत माग गरिएको छ । 

अधिकांश व्यवसायीले इस्टिमेट बिल प्रयोग गर्दै आएका र त्यसमा बिक्रेता, वस्तु, मात्रा र दररेट उल्लेख नभएकाले अविलम्ब बन्द गराउन माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालले ध्यानाकर्षण पत्र बुझ्दै स्थानीय तहले बजार अनुगमनमा ध्यान नदिइरहेको बेला अभियानले सुरु गरेको कामलाई प्रशासनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।