काठमाडौं । सत्तारुढ नेकपाका पांच सचिवालय सदस्यहरु छलफलका लागि पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा जुटेका छन् । अध्यक्ष पुष्पकमल दाहालले सचिवालयका सदस्यहरुलाई छलफका लागि बोलाएका थिए ।
अन्य सदस्यहरु संग छलफल गर्नुपूर्व दाहालले अर्का अध्यक्ष केपी ओली संग बालुवाटारमा छलफल गरेपछि अन्य सदस्यसंग छलफल गर्न पार्टी मुख्यालय पुगेका हुन् । अनौपचारिक भनिएको छलफलमा सचिवालय सदस्यहर झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागि भएका थिए । अन्य सदस्यहरु अध्यक्ष ओली, महासचिब पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा भने छलफलमा सहभागि भएका छैनन्।
यस अघि शनिबार पनि पाँच नेताले पार्टी कार्यलयमा छलफल गर्दे सचिवालयको बैठक बोलाउन दुई पेज लामो पत्र सहित ४८ घण्टे अल्टिमेटम दिएका थिए । तोकिएको समय भित्र अध्यक्ष ओली बाट ठोस प्रस्ताब नआएपछि पाँच नेता पूनः नयाँँ रणनीति बनाउन छलफलमा जुटेका हुन् ।