६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर



???????????????????
अ+ अ-

काठमाडौं । बडादशैँ अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प्रधान सेनापति अशोक राज सिग्देलले अन्तिम निरीक्षण गर्नु भएको छ ।

निरीक्षण पश्चात् प्रधान सेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनियर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गर्नु भयो । सोही अवसरमा उहाँले विशेष फौज बाहिनी अन्तर्गत यस वर्ष सञ्चालित युद्धकार्य तथा पेसागत प्रतियोगिताको नेभिगेसन र वेस्ट स्नाइपर दुवै विधामा प्रथम हुने श्री महावीर शौर्य गण ९रेन्जर० लाई पुरस्कार वितरण गर्नु भयो ।

PIRTANAPATI MEETING

त्यसै गरी, महाशिवरात्री तथा नेपाली सेना दिवस समारोह २०८० को उपलक्ष्यमा नेपाली सेनाले लोपोन्मुख थाली नाच वृहत् रूपमा प्रदर्शन गरी विश्व कीर्तिमान कायम गरे बापत वर्ल्ड बुक अफ रेकर्ड्सको तर्फबाट नेपाली सेनालाई ओरिजिनल सर्टिफिकेट हस्तान्तरण गरिएको थियो भने प्रधान सेनापतिले वर्ल्ड बुक अफ रेकर्ड्स का नेपाल स्थित निर्णायकहरूलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो।

???????????????????

कार्यक्रमका दौरान प्रधान सेनापतिले विकट भौगोलिक अवस्था, जटिल मौसमी विविधता र चुनौतीपूर्ण वातावरणमा रही प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी पदक प्राप्त गर्ने सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गर्नु भयो । यस वर्ष १ हजार ५ सय १३ जना सकलदर्जाले उक्त पदक प्राप्त गरेका छन् ।

यस्तै, प्रधान सेनापतिले नेपाली सेनामा कार्यरत रही विशिष्ट योगदान पुर्‍याई मानार्थ उप सेनानी दर्जामा पदोन्नति हुनु भएका पदिकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो । ४२ जना पदिकहरु मानार्थ उप सेनानी दर्जामा पदोन्नति भएका छन् ।