१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर



???????????????????
अ+ अ-

काठमाडौं । बडादशैँ अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको प्रधान सेनापति अशोक राज सिग्देलले अन्तिम निरीक्षण गर्नु भएको छ ।

निरीक्षण पश्चात् प्रधान सेनापतिले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र इन्जिनियर तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गर्नु भयो । सोही अवसरमा उहाँले विशेष फौज बाहिनी अन्तर्गत यस वर्ष सञ्चालित युद्धकार्य तथा पेसागत प्रतियोगिताको नेभिगेसन र वेस्ट स्नाइपर दुवै विधामा प्रथम हुने श्री महावीर शौर्य गण ९रेन्जर० लाई पुरस्कार वितरण गर्नु भयो ।

PIRTANAPATI MEETING

त्यसै गरी, महाशिवरात्री तथा नेपाली सेना दिवस समारोह २०८० को उपलक्ष्यमा नेपाली सेनाले लोपोन्मुख थाली नाच वृहत् रूपमा प्रदर्शन गरी विश्व कीर्तिमान कायम गरे बापत वर्ल्ड बुक अफ रेकर्ड्सको तर्फबाट नेपाली सेनालाई ओरिजिनल सर्टिफिकेट हस्तान्तरण गरिएको थियो भने प्रधान सेनापतिले वर्ल्ड बुक अफ रेकर्ड्स का नेपाल स्थित निर्णायकहरूलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो।

???????????????????

कार्यक्रमका दौरान प्रधान सेनापतिले विकट भौगोलिक अवस्था, जटिल मौसमी विविधता र चुनौतीपूर्ण वातावरणमा रही प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी पदक प्राप्त गर्ने सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गर्नु भयो । यस वर्ष १ हजार ५ सय १३ जना सकलदर्जाले उक्त पदक प्राप्त गरेका छन् ।

यस्तै, प्रधान सेनापतिले नेपाली सेनामा कार्यरत रही विशिष्ट योगदान पुर्‍याई मानार्थ उप सेनानी दर्जामा पदोन्नति हुनु भएका पदिकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो । ४२ जना पदिकहरु मानार्थ उप सेनानी दर्जामा पदोन्नति भएका छन् ।