५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलको उपाधि मुम्बई इण्डियन्सलाई, दिल्लीकाे खराब प्रदर्शन



अ+ अ-

मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबइ अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै इशान किसनले अविजित रहँदै ३३ रन जोड्दा हार्दिक पाण्ड्याले ३ रन जोडे । ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । कायरन पोलार्ड ९ रनमा आउट भए ।

दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस र कागिसो राबाडाले १/१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ राेजेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रनकाे मध्यम स्काेर खडा गरेकाे थियो । दिल्लीका लागि कप्तान श्रेयस आयर र रिषभ पन्तले अर्धशतकीय इनिङ्स खेले ।

श्रेयसले अविजित रहँदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र अयरले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यस्तै दिल्लीका शिखर धवन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस शून्य रनमा आउट भए ।अक्षर पटेलले ९, शिभरन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन जोडे ।

मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरनायल र जयन्त यादबले १/१ विकेट लिए ।

यससँगै मुम्बईले पाँचौ पटक आइपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आइपीएल जित्ने पहिलो टिम हो । मुम्बईले यस अघि सन् २०१३,१५,१७ र १९ मा उपाधि चुमेको थियो । मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो ।

गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ । यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौथो खेलमा पराजित भएको हो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली यसअघि लिगको दुई भेट र पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो । यस्तै सन्दीपले यस सिजन दिल्लीको टिमबाट मैदान उत्रन पाएनन् ।

पर्पल क्याप र अरेन्ज क्याप

यस प्रतियोगितामा सर्वाधिक विकेट लिने दिल्ली क्यापिटल्सका कागिसो राबाडा रहे । उनले पर्पल क्यापको पुरस्कार पाए । उनले १७ खेलबाट ३० विकेट लिएका थिए ।

यस्तै ब्याटिङ तर्फ सर्वाधिक रन बनाउने किंग्स इलेभेन पञ्जाबका कप्तान केएल राहुलले अरेन्ज क्याप पाए । उनले १४ खेलबाट ६७० रन बनाएका थिए । उनले एक शतक (१३२ रन) समेत प्रहार गरेका थिए ।