३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धमाधम उखु पेल्दै किसान

धमाधम उखु पेल्दै किसान
अ+ अ-

महोत्तरी । महोत्तरीका उखु किसान दीपावली (तिहार) पर्वको मुखमा धमाधम उखु पेल्न लागेका छन् । दीपावली र लगत्तै आउने छठ पर्वमा मिठ्ठा (सक्खर) को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन् । अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो । जिल्लाको बर्दिबास, भङ्गाहा, गौशाला र औरहीसहित उखु खेती निकै गरिने नगरपालिका क्षेत्रका बस्ती/बस्तीमा अहिले घरघरैजसो तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् ।

“अहिले चाडपर्वले मिठ्ठाको माग निकै छ, त्यसैले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको हो”, भङ्गाहा–४ प्रेमनगरका किसान सुफल महतोले भन्नुभयो, “अन्य बित्दो खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका हौँ ।” चिनी मिल ९उद्योग० को चलान कहिले खुल्ने टुङ्गो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको किसानको भनाइ छ । अहिले बर्दिवास नगरपालिकाका किसाननगर, मनहरिपुर, कृष्णपुर, फूलबारीटोल, बिजलपुरा, खजुरिया, पशुपतिनगर, हाथीलेट र प्रेमनगरसहितका बस्तीमा आम किसानलाई उखु पेल्ने चटारो देखिँदैछ । दीपावली मुखमै आइसकेको र पर्वअघि मिठ्ठा बजार पुर्याउन सके अपेक्षित मूल्य पाइने किसान बताउँछन् । भङ्गाहाको प्रेमनगर, रामनगर, टोकाटोल, राजपुर, भूचक्रपुर र सीतापुर धतीयाटोलका घरघरै पनि अहिले उखु पेल्ने तुर्पिन चलिरहेका छन् ।

यस्तै औरहीका बस्ती र एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज रहेकै गौशाला नगरपालिकाको रामनगर बस्तीमा पनि आम किसान उखु पेल्न र रस पकाएर सक्खर बनाउन व्यस्त देखिएका छन् । गौशालामा उखु खेती निकै गरिने इटाटार, रजखोर, भरतपुरखोर, कालीपुर, बटुवा, लक्ष्मीनिंयाँ, पडरिया र कान्तिबजार बस्तीमा पनि उखु पेल्ने धमाधमले छोपेको देखिन्छ । दीपावली र छठलाई केन्द्रित गरी बनाइएको मिठ्ठा ९सक्खर० राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने अहिलेको मुख्य काम बनेको गौशालाको बटुवा बस्तीका किसान लक्ष्मीप्रसाद कुशवाहा बताउनुहुन्छ ।

केही वर्ष पहिलेसम्म १० हजार हेक्टरमाथि पुगेको उखु खेती पछिल्ला तीन वर्षयता क्रमशः घट्दै गएको छ । एकपटक लगाएपछि कम्तीमा दुई बाली लिन पाइने उखु खेती नगद आर्जनको राम्रो स्रोत भए पनि चिनी उद्योगहरुले भुक्तानीमा निकै झुलाउन थालेपछि घट्दै गएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । यसपालि खुट्टी (दोस्रो वर्षको बाली) तीन हजार  हेक्टरको आसपास र मुडन (पहिलो वर्ष लिने उत्पादन) दुई हजार हेक्टरभन्दा तल झरेको कुशवाहाको भनाइ छ । “उखु खेती गर्न अग्रिम रकम नपाइने, उखु कटानको ठिक समयमा चलान नपाउने र मूल्य निर्धारण एवं भुक्तानीमा बर्सेनि लामो उल्झन हुन थालेपछि किसानको जाँगर मरेको छ”, अध्यक्ष कुशवाहा भन्नुहुन्छ, “यिनै कारणले किसान अन्य वैकल्पिक खेतीतिर लागेका र भएको उखु पनि आफैँ पेल्न थालेका हुन् ।”

जिल्लामा उखु खेतीका लागि उपयुक्त उर्वर माटो र वातावरण भए पनि यसका लागि राज्य र चिनी उद्योगहरुले किसानलाई उत्साहित बनाउन नसकेको आम किसानको गुनासो छ । किसानलाई उत्साहित बनाउने योजना बन्नसके जिल्लामा उखु खेती फस्टाउने प्रशस्त सम्भावना रहेको सङ्घको ठम्याइ छ ।