१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग

सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग
अ अ+ अ-

काठमाडाैँ । सिराहाको धनगढीमाई नगरपालिका–१३ स्थित असारीदेखि भालटार जोड्ने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेर पनि करिव ३०० मिटर खण्डका कारण समग्र आयोजना नै अलपत्र परेको छ ।

लामो समयको प्रतीक्षापछि निर्माण भइरहेको उक्त सडकको सानो खण्ड अधुरो रहँदा पर्यटकीय र आर्थिक विकासको प्रक्रिया प्रभावित बनेको भन्दै स्थानीयवासी र सञ्चारकर्मीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । स्थानीयकाअनुसार सडकको अधिकांश भाग निर्माण भइसके पनि अन्तिम चरणको थोरै दूरी नखुल्दा पूर्ण सञ्चालनमा बाधा पुगेको छ ।

यसबाट स्थानीय बासिन्दामा निराशा छाएको छ । धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले नागरिकका माग र सञ्चारकर्मीहरूको सुझावलाई सकारात्मक रूपमा लिँदै आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ। नगर प्रमुखको यस तत्परतालाई स्थानीय तहमा सराहना गरिएको छ । केही दिनअघि पत्रकार विनोद मण्डलको नेतृत्वमा सो क्षेत्रको स्थलगत अवलोकन गरिएको थियो । अवलोकनका क्रममा पत्रकारहरूको टोलीले प्रश्तावित पार्क निर्माण स्थलमा प्रतिकात्मक रूपमा नेपाली झण्डा स्थापना गर्दै आयोजनालाई पूर्णता दिन माग गरेको थियो ।

नगरपालिकाको वडा नं. १३ र १४ मा पर्ने यो पहाडी क्षेत्र पर्यटकीय दृष्टिले निकै सम्भावनायुक्त मानिन्छ। असारीदेखि भालटारसम्मको सडक सञ्जाल व्यवस्थित भएमा प्रस्तावित पार्क निर्माणले गति लिने र यसबाट होटल व्यवसाय, आन्तरिक पर्यटन तथा स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

हाल सडक विस्तारको कार्य अन्तिम विन्दुमा पुगेको तस्बिरमा समेत देख्न सकिन्छ । बाँकी रहेको ३०० मिटर खण्ड पूरा भएमा समग्र परियोजना सफल हुनेमा स्थानीय विश्वस्त छन् । संयुक्त मिडिया हाउसले पनि नगरपालिकासँग समन्वय गरी यथाशिघ्र निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेको छ । स्थानीय बासिन्दाहरूले ‘सानो दूरी, ठूलो उपलब्धि’ को मर्मलाई आत्मसात् गर्दै विकासको कार्यलाई अविलम्ब पूर्णता दिन सम्बन्धित पक्षसँग अपिल गरेका छन् ।