७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु- फोटो फिचर



अ+ अ-

काठमाडौं । बर्षाका कारण अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु भएको छ । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको नेपाली सेनाले जनाएको छ ।

यो  सँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार भीमफेदी गाउँपालिका ८ महादेवटार र ललितपुर जिल्ला, वाग्मती गाउँपालिका(२ वगुवास्थित वाग्मती खोलामा रहेको पुलको केही भाग बगाए पश्चात् अवरुद्ध भएको कान्तिलोकपथ मार्गआश्विन २१ गते राती १०३० बजेबाट सवारी आवागमन सुचारु भएको छ ।

उक्त लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा २ स्थानमा करिव ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन तथा निर्माण गरेको छ ।
यसै गरी ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गर्नुका साथैबागमती नदीमा करिव ४० मिटर लम्बाइको मार्ग निर्माण गरी पुलसम्म सडक जोडिएको छ ।

यसैगरी तारजाली तथा बागमती नदीमा ह्यूम पाईप राखि अस्थायी सडक बनाउनुका साथै कान्तिलोकपथको अन्य विभिन्न खण्डमा पहिरो पञ्छाउने कार्य गरेको  निर्देशनालयले जनाएको छ ।