१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

होम आइसोलेशनमा रहेका ६८ वर्षीय वृद्धको मृत्यु



अ+ अ-

चितवन । कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार यही कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको नमुना दिएका वृद्धको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृगौला, मधुमेह र रक्तचापको समस्या भई उपचारका लागि आएका उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यमा सुधार नआएर घर लएिका र मङ्गलबार राती ११ः०० वजे मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।