५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा उपचाररत एक सङ्क्रमितको मृत्यु



अ+ अ-

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि आएका उनमा कात्तिक २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ ।