१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पीसीआर परीक्षण कम कि संक्रमित नै कम ?



अ+ अ-

काठमाडौं । हालसम्म नेपालभरी १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण भएको छ । त्यस्तै पीसीआर परीक्षणको मात्रा १५ लाखभन्दा बढी हुदाँ बुधबारसम्मको कोरोना संक्रमितहरुको संख्या हेर्दा जम्मा २ लाख २ हजार ३२९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणले देखाएको छ ।

यस्तै हालसम्म मृतकको संख्या भने ११७४ पुगेको छ । यसैगरी हालसम्म कुल १ लाख ६२ हजार २४३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किसकेको अवस्था छ ।

तशर्थ: हाल नेपालभरी कुल सक्रिय संक्रमितको संख्या भने ३८ हजार ९१२ मात्रै रहेको छ । उल्लेखित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण हेर्दा नेपालमा कोरोनाको भाइरसबाट प्रभावित संक्रमण दर थोरै नै देखिन्छ ।