९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारका राजकुमारको टोली अमादब्लमको चुचुरोमा



अ+ अ-

काठमाडौँ । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका छन् । राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले आज बिहान ११ः२० बजे आमादब्लमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका प्रमुखसमेत रहेकी निर्देशक मीरा आचार्यले शेख मोहम्मदसहितको टोलीले अमादब्लमको आरोहण गरेको पुष्टि गरे । यससँगै अमादब्लम हिमालमा अटम सिजनको पहिलो आरोहण भएको पनि उनले उल्लेख गरे । उक्त आरोहणको व्यवस्थापन हिमालयन गाइड्सले गरेको हो । राजकुमारसहितको आरोही टोलीमा छ आरोही सदस्य थिए । यसमा केही अमेरिकी र क्यानेडियन आरोही पनि सहभागी थिए ।

विभागलाई अमादब्ल्म हिमालमा खटिएका सम्पर्क अधिकृतले जनाएअनुसार छ विदेशी र सात जना नेपालीले सफल आरोहण गरेको बताइएको छ । यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

विभागको पछिल्लो विवरणअनुसार अटम सिजनको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी सङ्कलन भएको छ । यो याममा आरोहण अनुमति लिएका हिमालमा मनास्लुमा दुई, अमादब्लम दुई तथा बरुत्सेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् ।