१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर



अ+ अ-

काठमाडौं। असोज १० देखी १२ गते सम्म परेको अविरल वर्षाले विभिन्न ठाउँमा गएको पहिरो र बाढीले मुलुकमा ठुलो क्षति भयो । मानव बस्ती, धानबाली, खेतीयोग्य जमिन र सडकमा क्षतिग्रस्त भए ।

काभ्रेपलाञ्चोकको पनौतीमा रोशीखोलाले निकै ठुलो क्षति पुर्‍यायो । पत्रकार रामप्रसाद हुमागाईंका अनुसार बाढीले बितण्डा मच्चाएको स्थान फेरी उठ्ने प्रयासमा छ , तर मरेका पशु चौपाया भग्नाबशेष भित्र गनाउन थालेका छन् । स्थानियमा पुन बाढी पहिरो आउछ की भन्ने त्रास छ । खानेपानीको समस्या छ । उहाँका अनुसार रोकिएका बाटो खोल्ने बिजुलीका पोल ठड्याउने प्रयास जारी छ ,राहत वितरण जारी छ ।

बाढी र पहिरोका कारण जिल्लाको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिकामा धेरै मानविय तथा भौतिक क्षति भएको छ । पनौती नगरपालिकाको वडा नं १२ मा बाढी र पहिरोले  कलाती बजार बगरको रुपमा परिणत भएको छ ।

फोटो -पत्रकार रामप्रसाद हुमागाईको फेसबुकबाट