१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर



अ+ अ-

काठमाडौं। असोज १० देखी १२ गते सम्म परेको अविरल वर्षाले विभिन्न ठाउँमा गएको पहिरो र बाढीले मुलुकमा ठुलो क्षति भयो । मानव बस्ती, धानबाली, खेतीयोग्य जमिन र सडकमा क्षतिग्रस्त भए ।

काभ्रेपलाञ्चोकको पनौतीमा रोशीखोलाले निकै ठुलो क्षति पुर्‍यायो । पत्रकार रामप्रसाद हुमागाईंका अनुसार बाढीले बितण्डा मच्चाएको स्थान फेरी उठ्ने प्रयासमा छ , तर मरेका पशु चौपाया भग्नाबशेष भित्र गनाउन थालेका छन् । स्थानियमा पुन बाढी पहिरो आउछ की भन्ने त्रास छ । खानेपानीको समस्या छ । उहाँका अनुसार रोकिएका बाटो खोल्ने बिजुलीका पोल ठड्याउने प्रयास जारी छ ,राहत वितरण जारी छ ।

बाढी र पहिरोका कारण जिल्लाको १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिकामा धेरै मानविय तथा भौतिक क्षति भएको छ । पनौती नगरपालिकाको वडा नं १२ मा बाढी र पहिरोले  कलाती बजार बगरको रुपमा परिणत भएको छ ।

फोटो -पत्रकार रामप्रसाद हुमागाईको फेसबुकबाट