१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार बालुवाटारमा हेलिप्याड निर्माण निर्माण गरिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपाली सेनाको हेलिकप्टरबाट हिजो २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो । साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका हुन् ।

प्रेस सल्लाहकार थापाले यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने पनि विश्वस्त पारेका छन् ।