१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।

शुक्रबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नु भयो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकामो कोषलाई धन्यबाद दिनुभयो ।

यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्‍याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो । यो भन्दा अघि पनि कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ ।

उक्त वर्षाको कारण करिब १७ अर्ब रुपैयाँ बराबर नोक्सानी भएको क्षतिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भए पनि क्षतिको विवरण यो भन्दा बढी हुन सक्ने बताइएको छ ।