१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता गौचनको निधनप्रती सभापति देउवाको शोक व्यक्त



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधनप्रती नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शोक व्यक्त गरेका छन् । उनले समाजिक संजालमार्फत समवेदना प्रकट गरेका छन् । 

सभापति देउवाको शोक वक्तव्य:

''नेपाली कांग्रेसका अग्रज व्यक्तित्व श्री ओमकारप्रसाद गौचनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्वर्गीय गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्या‍उनु भएको सक्रिय योगदान सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”

गौचनको बुधबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएहो हो । गौचनको ८५ वर्ष उमेरका थिए । गौचन बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।