५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस



अ+ अ-

काठमाडौँ:  विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन कार्यकारी समितिले पछिल्लो विपद्बाट प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले उक्त सिफारिस गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।

उहाँले विपद्तबाट झण्डै चार दर्जन पालिका प्रभावित भएको जानकारी गराउँदै सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि सोहीअनुसार पुनःनिर्माण तथा पुनःस्थापनको काम अघि बढ्ने  बताउनुभयो ।

यही असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण मुलुकका विभिन्न स्थानमा दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् । साथै बाढीपहिरोमा परेका १७ हजारभन्दा बढीको उद्धार गरिएको छ । उक्त विपदबाट रु २५ अर्बभन्दा बढीको भौतिक क्षति भएको जनाइएको छ ।

विपद्बाट १४ वटाभन्दा बढी जिल्लाका पालिका प्रभावित भएका छन् । प्राधिकरणले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, सङ्खुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङका बढी पालिका प्रभावित भएको जनाएको छ ।  रासस