१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अमेरिका बीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले नेपाल र अमेरिका बीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउने बताउनु भएको छ । संसद्को संसदीय सुनुवाई समितिको बिहिवारको बैठकमा प्रस्ताबित राजदुत खतिवडाले दुई देशबीच भएका सबै सन्धि, सम्झौतालाई प्रभावकारी रूपमा अगाडि बढाउन आफूले प्रभाबकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो ।

पुर्व अर्थमन्त्री समेत रहनु भएका डा खतिवडाले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषका केन्द्रीय कार्यालय अमेरिकामा रहेका र ती संस्थामा अमेरिकाको बढि नै प्रभाब रहेका कारण  नेपालमा लगानीका लागि  ल्याउन आफुले पहल गर्ने बताउनु भयो । उहाँले संसदिय सुनुवाईका क्रममा भन्नुभयो  एसियाली विकास बैंकमा पनि अमेरिकी सरकारको कुरा चल्छ , त्यसैले त् त्यहाँबाट पनि लगानी ल्याउन  सहज हुन्छ ।

सुनुवाईका क्रममा खतिवडाले एससीसीका बारेमा सासदहरुले राखेको जिज्ञासाका बारेमा भने प्रष्ट जवाफ दिनु भएन । उहाँले भन्नुभयो –दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिन्छु । विभिन्न तीन मुलुकका राजदुतका लागि सिफारिस भएका व्यक्तिहरुको संसदिय सुनुवाई भै रहेको छ । संसदीय समितिले अनुमोदन गरेपछि उहाँहरुलार्इ राष्ट्रपतिले नियुक्त गर्ने सबैधानीक व्यवस्था रहेको छ ।