५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहार सुरु भए संगै म्याद गुज्रिएका र लेवल नभएका मिठाईको बिक्रि वितरण तिब्र



अ+ अ-

काठमाडौं । काठमाडौंको नयाँ सडकमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले गरेको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका मिठाइ बनाउने सामान र रङ्गको प्रयोग गरेर अनुचित व्यापार गरेको भेट्टाएको थियो । 
अनुगमनको नेतृत्व गर्नुभएका कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार तिहारमा प्रयोग हुने भाइ मसलाको मूल्यमा एकरुपता देखिएन । मिठाइ र फलफुलको गुणस्तर र मूल्यमा पनि निगरानी गर्नुपर्नेछ । यसलाई नियमित र आकस्मिक अनुगमनबाट नियन्त्रण गर्ने प्रयास भइरहेको छ । बजार नियमनका लागि महानगरले आफ्नै ऐन तर्जुमा गरिरहेको छ । ऐन जारी भएपछि अनुगमनको काम थप प्रभावकारी हुनेछ ।

नयाँ सडक काठमाडौंको प्रमुख व्यापारिक ठाउँ हो । ठूलो लगानीमा चलेको मिठाई पसलले खाद्य बस्तु उत्पादनमा प्रयोग गरेका सामान गुणस्तरहीन पाइयो । निरीक्षण अधिकृत भवानीकुमारी खतिवडा भन्नुहुन्छ – ‘अनुचित व्यापारिक क्रियाकलाप गरेकोले स्वस्तिकलाई २ लाख रुपैयाँ आर्थिक जरिवानासहित सुधारका लागि सुझाव पनि दिएका छौं ।’ कालीमाटीमा सञ्चालित वीणा ट्रेडिङ् कालीमाटीलाई खरिद बिल नभएकोले १० हजार रुपैयाँ जरिवाना गरिएको निरीक्षण अधिकृत खतिवडाले जानकारी दिनुभयो । 
तिहारमा प्रयोग हुने मसला, मिठाइ र फलफुलको गुणस्तर र मूल्यमा देखिएको अवस्थाबाट उपभोक्ताले गुणस्तरीय बस्तु र सेवामा सहज पहुँच पाउनु पर्ने अधिकार कार्यान्वयनमा समस्या देखिएको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्नुहुन्छ – ‘संविधानको धारा ४४ ‘क’ ले हरेक नागरिकलाई आफूले प्रयोग गर्ने बस्तु र सेवाको गुणस्तरमा सहज पहुँच पाउने अधिकारको व्यवस्था गरेको छ ।’

अनुगमनको विवरण दिँदै उहाँले भन्नुभयो — ‘मिठाइ पसलको भण्डारमा म्याद सकिएका मसलाका प्याकेट, रङ्का वोतल थिए । भान्सा कोठामा टाइल लगाइएको छ । तर, भुइँमा बसेर काम गर्दा खुट्टाको फोहोर पर्ने खतरा छ । कामदारले मास्क र पञ्जाको उचित प्रयोग गरेको देखिएन ।’गल्ती भयो । सिक्ने क्रममा छु । पसलका सञ्चालक श्रवण घिरइयाले गल्ती स्वीकार गर्दै भन्नुभयो – ‘सकेसम्म राम्रै गर्छु भनेको हो । म्याद सकिएका मसला र रङ्का प्याकेट फिर्ता हुन सक्थ्यो तर कर्मचारीले गरिदिएनन् । जे होस्, मेरो पसलमा भएको त्रुटीको म नै जिम्मा लिन्छु । अब यसलाई सुधार गर्छु ।’स्वस्तिक इन्द्रचोक नजिकैको मिठाइ पसल हो । पसल ७ तले भवनको भुइँ तलामा छ । भान्सा, स्टोर र कर्मचारी बस्नका लागि माथिल्ला ५ औं, छैंटौं र सातौं तला पनि स्वस्तिकले नै भाडामा लिएको छ ।

कार्तिक २३ गते महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले तिहार लक्षित नियमित अनुगमनका क्रममा खाद्य बस्तुमा मिठाइ, दूध तथा दूग्ध उत्पादन र फलफुल तथा फूलको मूल्य र गुणस्तरमा निगरानी गर्ने निर्णय गरेको थियो । त्यसपछि कृषि बिभागको अगुवाईमा कालीमाटीको महालक्ष्मी प्लाजाबाट बिक्री हुने मिठाइको अवस्था हेरिसकेको छ ।