१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान



अ+ अ-

काठमाडौँ । एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएकाहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच तामाङलाई फाउण्डेशनले सम्मान गरेको हो । तामाङलाई एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएका दुई जनालाई सकुशल उद्धार गर्न सफल भएकोमा ५० हजार रुपैयाँ नगदसहित सम्मनन गरेको हो ।

उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सद्भाव,सहिष्णुता,मानवता नेपालीहरुमा रहेको बताउनु भयो । उहाँले सेवा, त्याग भन्नेकुरा पढेर र कसैले सिकाएर नभइ मनबाट आउने कुरा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सद्भाव,सहिष्णुता,मानवता जस्ता चिजहरु नेपालीहरुमा बेसी छ । सेवा, त्याग भन्नेकुरा न पढेर आउने, न कसैले सिकाएर आउँछ, त्यो मनबाट आउने कुरा हो ।’

गत असोज १२ र १३ गते देशभर आएको भीषण वर्षाका कारण काठमाडौं उपत्यकासहित भीषण बाढी, डुबान र पहिरो गएको थियो । जसकारण ठूलो जनधनको क्षति भएको छ । सडक सञ्जाल अवरुद्ध भएका छन् ।