२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



अ+ अ-

पोखरा । सहकारीको बचत ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

जिल्ला अदालत बागलुङका जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले देवकुमारलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

शुक्रवार नयाँदिल्लीबाट पक्राउ परेका देवकुमारलाई आइतबार बागलुङ लगिएको थियो । बागलुङ प्रहरीले उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । सोमबार वयान भएको अदालतमा मंगलबार थुनचेक बहस भएको थियो ।

ईमेज वचत तथा ऋण सहकारी संस्थाका बागलुङका अध्यक्षसमेत रहेका देवकुमारलाई बचतकर्ताको उजुरीको आधारमा गत वर्षको जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार भएका देवकुमारविरुद्द रेड कर्नर नोटिस पनि जारी भएको थियो ।

यस्तै, अदालतले सोही मुद्दामा अदालतबाट गत वर्षको साउन ४ गते पक्राउ पुर्जी जारी भएका ओमप्रसाद दर्जीलाई भने १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

उनी आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाण्डौ हुँदै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा उपस्थित भएका थिए ।

गत वर्ष जेठ देखि नै फरार रहेका मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ ।