१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध



अ+ अ-

नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको हो ।

सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।

बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सड्कको मर्मत सुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिनुभयो । सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेनेको भन्दै यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको उहाँले बताउनुभयो । आज बिहानसम्म मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरी उपरीक्षक फुयालले जानकारी दिनुभयो । रासस