६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा २५०३ जना कोरोना संक्रमण मुक्त



अ+ अ-

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा २५०३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५०३ जनाले कोरोना भाइरसलाई जितेर आ–आफ्नो घर फकेका हुन् ।

योसँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको छ। त्यसैगरी आज शनिवार नेपालभरी थप  १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसंगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या देशभरी १२१५ जना पुगेको छ।