१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने बताउनुभएको छ ।

आईतवार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले ४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडबक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको बताउनु भयो । उहाँले अहिलेसम्म आयोजनामा भएको क्षति यकिन गर्न नसकिएको बताउनु भयो । घिसिङले विद्युत क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित चार जना बेपत्ता भएको बताउनु भयो ।

उहाँले अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनःनिर्माण गर्न नसके यस वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउनसक्ने बताउनु भयो ।

उहाँले हिउँदको समयमा बढी विद्युत आयात गर्नुपर्ने अवस्था आउने उल्लेख गर्नुभयो । उहाँले क्षति पुगेका जलविद्युत आयोजनाहरुमा छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा प्राधिकरण लागेको बताउनु भयो ।

उहाँले बाढीको कारण कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको पनि बताउनु भयो ।

उहाँले कावेली करिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको पनि बताउनु भयो । उहाँले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको भन्दै त्यसलाई बनाउन जाने कुनैपनि पहुँच मार्ग नभएकाले समस्या भइरहेको बताउनु भयो ।

उहाँले खिम्ति लामासाँधु आउने ट्रान्समिसन लाइन पनि एकहप्ताभित्र बनाउने बताउनु भयो । उहाँले खिम्तिदेखि ढल्केवर २२० केवी लाइनले करिव ८ सय मेगावट पावर सप्लाई गर्ने टावरतिर तामाकोशी नदी बगिरहेकाले खतरामा रहेको बताउनु भयो ।

उहाँले उक्त टावर क्षति भए ८ सय सय मेगावाटको लिखु र तामाकोशी करिडोर बन्द हुने बताउनु भयो । उहाँले चमेलिया करिडोरमा पनि केही क्षति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘४५६ मेगावटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हेडवक्सको कन्ट्रोल विल्डिङ पूर्णरुपमा ध्वस्त भएको छ । क्षति यकिन गर्न सकिएको छैन । चार जना बेपत्ता भएको अवस्था छ । अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पूर्णनिर्माण गर्नुपरे यो वर्षको सुख्खायाममा विद्युत व्यवस्थापनमा केही समस्या आउन सक्छ । त्यो समयमा बढी विद्युत आयात गर्नुपर्ने हुनसक्छ । छिटो भन्दा छिटो रि स्टोर गर्ने तयारीमा छौं ।

कावेली करिडोरको तीन वटा टावरमा क्षति हुँदा २ सय मेगावटको पूर्वाअञ्चलमा आउने लाइन बन्द भएको छ । कावेली करिडोरबाट तीन सवस्टेशन इलाम,फिदिम र ताप्लेजुङ विद्युत सप्लाई हुने लाइन पनि बन्द भएको छ । खिम्ति लामासाँगु आउने ट्रान्समिसन लाइनको टावरमा क्षति भएको छ । त्यसलाई बनाउन जाने कुनैपनि माग नभएकाले समस्या भएको छ ।

एक हप्ताभित्र बन्ने अनुमान गर्न सकिन्छ । खिम्तिदेखि ढल्केवर २२० केवी लाइन छ । त्यसले करिव ८ सय मेगावट पावर सप्लाई गर्छ । एउटा टावर भएतिर तामाकोशी नदी बगिरहेकाले खतरामा छ भन्ने खबर आएको छ । त्यो टावर क्षति भएमा ८०० सय मेगावटको लिखु र तामाकोशी करिडार सबै बन्द हुने अवस्था छ । विद्युत लाइनको टावर जानु र आयोजना जानु फरक छ । एउटा टावर जाँदा सबै आयोजनाहरु जान्छन् ।

त्यसैले टावरलाई जोगाउन महत्वपूर्ण छ । चमेलिया करिडोरमा पनि केही क्षति भएको छ । वितरण लाइनमा पनि धेरै समस्याहरु छन् । बिट गरेको एकपटको ८ सय मेगावटा विद्युत प्रयोग गर्नसक्यौं ।

तर बाढीको कारण सबै पावर प्लान्ट बन्द भएपछि बिट गरेको विद्युत पनि खरिद गर्न सकेनौं । अहिले विद्युत निर्यात घटेको छ । करिव २५० देखि ३०० मेगावटको मात्रै निर्यात भइरहेको छ । अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गर्ने हो । खपत गरेर बाँकी रहेको विद्युत मात्रै खपत गर्ने हो ।’

उहाँले अहिले नेपालबाट भारत निर्यात हुने विद्युत पनि घटेको बताउनु भयो । उहाँले करिव २५० देखि ३ सय मेगावटको मात्रै विद्युत निर्यात भइरहेको बताउनु भयो । उहाँले अब निर्यात बन्द गरेर पनि नेपालमा नै खपत गरिने बताउनु भयो ।