१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङ मार्गबाट २२ सय यात्रु काठमाडौं भित्रिए



फाईल फोटो
अ+ अ-

चितवन । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आएको पहिरोका कारण काठमाडौं भित्रिने सडक अवरुद्ध भएपछि बिच बाटोमै रोकिएका यात्रुलाई सुरुङ मार्गबाट काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले काठमाडौँ प्रहरीसँग समन्वय गरेर अलपत्र यात्रुहरुलाई शनिबार र आज आईतबार सुरुङ मार्गको प्रयोग गरी काठमाडौं पठाएको धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए ।

बाटोमा अलपत्र परेका २२ सय यात्रुलाई हिजो दिनभरमा सुरुङमार्ग प्रयोग गरी काठमाडौं पठाइएको उनले बताए । यस्तै, अत्यावश्यक ढुवानीका सवारीसाधनलाई पनि सुरुङमार्ग हुँदै काठमाडौँ प्रवेश गराइएको उनले बताए ।

धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा ठूलो पहिरो गएको छ । पहिरोमा पुरिएका तीनओटा बसमा ३५ जनाको शव फेला परेको छ । पहिरो हटाउने तथा उद्धार कार्य भईरहेको छ ।