काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा २ जना न्यायाधीश सिफारिस गरेको छ।
शुक्रबार बसेको न्याय परिषद् बैठकले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मख्य न्यायाधीश नित्यानन्द पान्डेलाई सिफारिस गरेको हो ।
कार्यकाल सकिन लागेका प्रधानन्याधीशले न्याय परिषद् बैठक बोलाउनु गलत भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको थियो । बैठक राखेसँगै नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको थियो ।