१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि



अ+ अ-

अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मङ्कीपक्स)का घटनामा तीव्र वृद्धि भएको छ । स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले शहरबाहिर एमपक्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।

सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स सङ्क्रमण देखिएको छ घने तीमध्ये अधिकांश सङ्क्रमण पछिल्ला केही महिनामा भएका छन् ।

अष्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । यस वर्षको अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै सङ्क्रमित महिला रहेका छन् ।

अस्ट्रेलियन डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयरका प्रवक्ताले एएफपीसँग कुरा गर्दै यस वर्षको मे महिनादेखि नै सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताएका छन् ।

अस्ट्रेलियाले खोप लगाउनका लागि यस पहिलेकोे प्रतिबन्ध हटाएर ‘एमपिक्सको जोखिममा रहेका सबै उमेर समूहका व्यक्तिहरू’ ले खोप लगाउन सक्ने बताएको छ ।

सिड्नीका यौन स्वास्थ्य चिकित्सक तथा जीपी म्याथ्यु शिल्ड्सले राष्ट्रिय प्रसारक एबीसीलाई बताएअनुसार खोप दर कम भएका महानगर क्षेत्रबाहिर भाइरस सङ्क्रमण पत्ता लागेको छ ।

एमपक्स सङ्क्रमित जनावरहरूबाट मानिसमा सर्ने भाइरस हो । यो शारीरिक सम्पर्कको माध्यमबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ। कुनै–कुनै अवस्थामा घातक यस भाइरसका कारण ज्वरो आउने, मांसपेशी दुख्ने र छालामा ठूलो फोकाजस्तो घाउहरू आउने गर्छ ।

सन् २०२२ को मे महिनामा क्लेड २ बी विश्वभरि फैलिएपछि यो भाइरसबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढेको थियो । जुलाई २०२२ मा, विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

अस्ट्रेलियाले एमपक्सको अधिक खतरनाक मानिएको नयाँ ‘क्लेड १ बी भेरियन्ट’को मानिसमा सङ्क्रमण पुष्टि भने गरेको छैन ।