१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल

सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल
अ अ+ अ-

दमौली । पछिल्लो समय निकै चर्चित ठाउँ हो– आँबुखैरेनीको ऐनापहरा । आँबुखैरेनी गाउँपालिका–२ स्थित पृथ्वीराजमार्गसँगै जोडिएको ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ ।

व्यास –५ मानुङकोट केही समययता निकै चर्चित गन्तव्यस्थल हो । यहाँबाट देखिने कुहिरो र सूर्योदयको दृश्य हेर्न हजारौँ पर्यटक यहाँ आएको तथ्याङ्क छ । विशेषगरी जाडो मौसममा मानुङकोटमा पर्यटकको बाक्लो उपस्थिति रहन्छ ।

पर्यटकीय नगरी बन्दीपुर त विदेशी तथा स्वदेशीको आकर्षक गन्तव्यस्थलका रूपमा विकास भइसकेको छ । यहाँ देशका विभिन्न जिल्लाका अलवा विदेशबाट पनि पर्यटक आउने गरेका छन् । यी त केही उदाहरण हुन् । तनहुँमा रहेका विभिन्न पर्यटकीय गन्तव्यस्थलले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुुर्याएको छ । त्यस्तै केही पर्यटकीय गन्तव्यस्थल भने अझै ओझेलमा छन् ।

आँबुखैरेनी गाउँपालिकाले ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पूर्वाधार निर्माण गरेको छ । झरना झरेको ठाउँमा ढुङ्गा खोपेर गणेशको आकृति बनाइएको छ । जसले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको जानकारी दिनुभयो । चुमानले भन्नुभयो, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको चुमानले बताउनुभयो । ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको थियो । गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।

व्यास –५ मानुङकोट कुहिरो र सूर्योदय हेर्ने गन्तव्यस्थलका रूपमा परिचित छ । चिसो मौसम सुरु हुन लागेसँगै मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थलिसकेको स्थानीय अनिल अधिकारीले जानकारी दिनुभयो । बिहानको घामको किरण, कुहिरोले सर्लक्क ढाकेको दमौली बजार । निकै आनन्द देखिने दृश्य त्यो पनि सदरमुकामबाट नजिकैको डाँडाबाट । दमौली बजारलाई कुहिरोले ढाकेको छ । त्यही कुहिरोले ढाकेको दृश्य र सूर्योदय अवलोकन गर्न मानुङकोट पर्यटक उक्लिने गरेका छन् । जाडो महिनामा मानुङकोटमा पर्यटककको राम्रो चहलपहल हुने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । मानुङकोटबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल बन्दीपुरका आकर्षक हुन् । सुन्दर हिमशृङ्खलाको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकको पहिलो रोजाइमा बन्दीपुर पर्ने गरेको होटल व्यवसायी वैश गुरुङ बताउनुहुन्छ ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षित गर्न यहाँ सुविधासम्पन्न होटल छन् । बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । बन्दीपुरका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको स्थानीय राजु बानियाँ बताउनुहुन्छ । काठका बुट्टा कँुदिएका झ्याल तथा ढोका, इँटाबाहिर देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेको उहाँ बताउनुहुन्छ ।

अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेको स्थानीय बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुराना घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

गाउँपालिकाले बन्दीपुर रिङरोडभित्र र रिङरोड बाहिर पाँच सय मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ का साथै गाउँपालिकाले बनाएका केही नियम पालना गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । जिल्लाको व्यास नगरपालिकास्थित ऐतिहासिक तनहुँसुर, व्यासगुफा, गलेखामकोट, छाब्दीवाराही, भानुको चुँदीरम्घा, शुक्लागण्डकी नगरपालिकाको दगाम, ढोरवाराही मन्दिर, मुक्तिनाथ च्वयनधाम, म्याग्देको ट्री हाउस, अकला मन्दिर जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यस्थल हुन् । रासस