११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा



अ+ अ-

काठमाडौं । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

कास्की जिल्ला अदालतले हिजो उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटी बापतको रकम बुझाएर श्रेष्ठ आज रिहा भएका हुन् ।कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले भन्नुभयो ‘अदालतले ७५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । उहाँ धरौटी बुझाएर छुटिसक्नुभएको छ। ‘

पोखराको पृथ्वीचोकमा दिया फार्मेसी चलाउँदै आएका श्रेष्ठको फार्मेसीबाट लागुऔषध खरिद गरेको एक युवकको बयानपछि उनलाई पक्राउ गरिएको थियो ।