१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुटुको शल्यक्रिया गरिरहेकी रन्जितालाई रेशमले भने: भकारी रित्तिएपछि मुसाले त घर छोडेर जान्छन्, तिमी आफन्तको कुरा गर्छौ !



अ+ अ-

काठमाडौं । नागरिक  उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता चौधरी श्रेष्ठको मटुमा समस्या भएको छ । श्रेष्ठकाे गंगालाल अस्पतालमा आज  शल्यक्रिया हुदैछ ।

रन्जितालाई  शल्यक्रियाका लागि शल्यक्रियाकक्षमा लगेपछि उनका श्रीमान तथा पार्टीका नेता रेशम चौधरीले भाबुक स्टाटस लेखेका छन् ।

उनले लेखेका छन् -भकारी रित्तिएपछि मुसाले त घर छोडेर जान्छन् आमा ! तिमी आफन्तको कुरा गर्‍छौ । संजोग आज यस्तै भयो  -तिम्रो मुटु अपरेसन कक्ष बाहिर हामी आफन्त सिवाय कोहि छैनन् ।

नेता रेशम चौधरीले लेखेका छन्-

हाम्रो नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष तथा मेरो श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई मुटु अपरेसन कक्षमा लगिएको छ । उहाँको सिघ्र स्वास्थ लाभको कामना । अपरेसन सफल होस् ।

अस्ति तिम्रो स्टाटस आएको थियो,भकारी रित्तिएपछि मुसाले त घर छोडेर जान्छन् आमा ! तिमी आफन्तको कुरा गर्‍छौ । संजोग आज यस्तै भयो – तिम्रो मुटु अपरेसन कक्ष बाहिर हामी आफन्त सिवाय कोहि छैनन् ।