१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट धनुषामा वडाअध्यक्षको मृत्यु



अ+ अ-

जनकपुर । धनुषाधाम नगरपालिका ६ का  एक वडाध्यक्षको कोरोना संक्रमणबाट अस्पतालमै मृत्यु भएको छ । लगभग ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।

गत सोमबार उनमा कोरोना संक्रमण पुुष्टि भएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।

मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएको थियो ।