२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चङ्गाको चहलपहल- तस्बिरहरू



अ+ अ-

काठमाण्डौ। यो वर्षको वडादशैं अर्काे हप्तादेखि अर्थात असोज १६ घटस्थापनादेखि शुरु हुँदैछ । १० वर्ष अघिसम्म शहर र गाउँघरमा दशैं आएको कुरा केटाकेटीले चंगा उडाउन थालेपछि थाहा हुन्थ्यो । विभिन्न रंगका रंगिचंगी चंगाले आकाश रंगिन देखिन थालेपछि दशैं आएको संकेत देखिन्छ ।

तर चंगा उडाउने पुस्ता अहिले मोवाइलमा झुम्मिन थालेपछि अवको केही वर्षपछि चंगा उडाउने परम्परा नै लोप नहोला भन्न सकिन्न ।

२०७२ सालको विनाशकारी महाभूकम्पमा लामो समय विद्यालय विदा हुँदा मोवाइल र सामाजिक सञ्जालमा अल्मलिने थालेका बालबालिका र किशोर किशोरी २०७५ तिर फैलिएका कोरोना महामारीदेखि शत्प्रतिशत नै मोवाइल र सामाजिक सञ्जालमा झुम्मिन थालेका हुन् ।

कोरोना महामारीमा विद्यालय र कलेजहरु बन्द भएपछि अनलाइन कक्षामा सामाजिक सञ्जालको माद्यमबाट पढ्ने बानी बस्न थालेपछि केटाकेटीदेखि किशोरकिशोरी र युवा पुस्ता मोवाइलमा झुम्मिन थालेपछि नेपाली सनातन चाडपर्व र परम्पराप्रति चासो विस्तारै घट्न थालेको हो ।

यसको पछिल्लो उदाहरण चंगा उडाउने परम्परामा कमि आएको छ । केटाकेटीमा मोवाइलको लत बसेको कारण घरकोठा छोडेर बाहिर निस्कन मन नपराउनु र शहरमा चंगा उडाउने खाली जग्गाहरुमा अग्ला अग्ला घर बनेका कारण चंगा उडाउने परम्परामा आकर्षण घटेको मान्न सकिन्छ ।

यसैको कारण विगतका वर्षहरुको तुलनामा शहर बजारमा चंगा बेच्ने व्यापारी र चंगा किन्ने उपभोक्ताको संख्यामा कमी आएको मान्न सकिन्छ ।

अहिले गाउँदेखि शहरका शतप्रतिशत मानिसले मोवाइल चलाउँछन भने त्यसको एक प्रसतशतले मात्रै चंगा उडाउने गरेको अनुमान गर्न थालिएको छ ।

वर्षात् सकिएपछि अब पानी पार्न बन्द गरिदिनु भनेर चंगाको माद्यमबाट इन्द्र भगवानलाई सन्देश पठाउन चंगा उडाउने परम्परा शुरु भएको किंवदन्ती रहेको बताइन्छ ।