२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हालै देशमा भएका घटनाक्रमप्रति ध्यानाकर्षण गर्दै, शान्ति, सुरक्षा र मानव अधिकारको संरक्षणमा पर्ने प्रतिकूल प्रभावका बारेमा सचेत गराएको छ।

आयोगले कानूनको कार्यान्वयनमा पूर्वाग्रह, दुरासयका साथ पक्राउ गर्ने र पक्राउ गरिएका व्यक्तिप्रति मानवोचित व्यवहारको कमी जस्ता सूचनाहरू प्राप्त गरेको जनाएको छ।

आयोगका अनुसार, हालका घटनाहरूले नागरिकका मानव अधिकार र शान्ति सुरक्षामा नकारात्मक प्रभाव पारिरहेका छन्। यस सन्दर्भमा, आयोगले निष्पक्ष र स्वतन्त्र अनुसन्धानको आवश्यकता जोड दिँदै, फौजदारी मुद्दामा पूर्वाग्रहपूर्ण व्यवहार नगर्न र अनुसन्धानमा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ।

“फौजदारी कसूरमा निष्पक्ष र प्रभावकारी अनुसन्धान हुन सकेमा मात्र मानव अधिकार र कानूनी शासनको स्थापना सम्भव छ,” आयोगले एक वक्तव्यमा भनेको छ।

आयोगले अपराधका घटनामा दखल नदिने र नियन्त्रणमा लिएका अभियुक्तहरूको स्वास्थ्य उपचारमा भेदभाव नगर्न सिफारिस गरेको छ। यसका साथै, घृणायुक्त अभिव्यक्तिहरूको प्रयोग नगरी कानूनको सम्मान गर्दै अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरिएको छ।