१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

एजेन्सी । हेमा समितिको प्रतिवेदन बाहिर आएपछि मलयालम अभिनेत्री रेवती सम्पथले वरिष्ठ अभिनेता सिद्दिकीविरुद्ध शारीरिक दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

केरला उच्च अदालतले सिद्दिकीलाई अग्रिम जमानत दिन अस्वीकार गरेको छ । अभिनेतालाई अदालतमा हाजिर हुन भने पनि अभिनेता अदालतमा उपस्थित भएनन् ।

अहिले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले उनलाई पक्राउ गर्न घर पुग्यो तर त्यतिन्जेलसम्म अभिनेता फरार भइसकेका थिए ।

उनले प्रयोग गरेका दुवै मोबाइल नम्बर पनि स्वीच अफ छन् । यस्तो अवस्थामा उनलाई फरार घोषणा गरिएको हो । अभिनेताले जमानतका लागि सर्वोच्च अदालत जाने खबर आएको छ ।

हेमा समितिको प्रतिवेदन बाहिर आएपछि दक्षिण अभिनेत्री रेवती सम्पतले अभिनेता सिद्दिकीविरुद्ध गत अगस्टमा त्रिभाण्ड संग्रहालय प्रहरी चौकीमा शारीरिक दुव्र्यवहारको उजुरी दिएकी थिइन् ।

अभिनेत्रीले आरोप लगाएकी छिन् कि ८ वर्ष पहिले २०१६ मा सिद्दिकीले उनलाई मस्कट होटलमा एक फिल्मको बारेमा छलफल गर्न बोलाका थिए, जहाँ उनको शारीरिक शोषण भएको थियो ।

उजुरी दिनुअघि नै रेवतीले यो घटनाबारे कुरा गरेकी थिइन् । तर, सिद्दिकीले त्यसबेला रेवतीले आफूलाई अनावश्यक रूपमा फसाउन खोजेको स्पष्ट पारेका थिए ।

बरिष्ठ अभिनेता सिद्दिकी मलयालम चलचित्र कलाकार संघको महासचिव थिए, तर आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका छन् । मलयालम सिनेमाबाट आएका यौन उत्पीडनका घटनाहरूको छानबिन गर्नका लागि विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।