• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

शुक्रबार सुनको मुल्यमा  ४०० रुपैयाँले गिरावट



काठमाडौं । शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ । सुनको मुल्यमा ४०० रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कात्तिक २८ गते पछि बुधबार बजार खुल्दा १०० रुपैंयाँले घटेको सुन बिहीबार ७०० ले घटेको थियो।

महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ५०० सय कायम रहेको छ । त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदीको मुल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।