५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल



अ+ अ-

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको बताउनुभएको छ ।

शनिवार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्र्यौट सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतको कारण नसक्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको उल्लेख गर्दै प्रमाण,कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको बताउनु भयो । उहाँले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको बताउनु भयो ।

उहाँले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने बताउनु भयो । उहाँले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर,ठेक्का लगाउँछ, सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङकन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफैँ गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको बताउनु भयो ।

उहाँले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउँकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने बताउनु भयो । उहाँले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बेरुजु राख्ने जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्छ । मेरो बुझाई फरक छ । यो ठाउँमा पुग्नुपर्छ भन्ने हो । कुनै एक जना मन्त्रालयको महानिर्देशकले टेण्डर गर्छ । ठेक्का लगाउँछ । तर सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ ।

यो बेइमानी हो । सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको कसरी हुन्छ । देश सुधार गर्ने हो भने जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्छ ।

यो हिसावबाट मुलुक नबदल्ने हो भने परम्परागत रुपमा बस्ने हो भने केही पनि गर्न सकिँदैन । अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको छ । प्रमाण छ,कागज छन्,कानून छ । स्पष्ट छ । टेलिभिजनमा क्रान्तिकारी कुरा गर्छ र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्छ । श्रम परीक्षण गर्न बेरुजुको समितिले निर्णय गर्न पर्दैन ।’

नेपाली काँग्रेसका सांसद राजन केसीले पनि सरकारी निकायका प्रमुख र जिम्मेवार पदाधिकारीको गैरजिम्मेवारीको कारण बेरुजु आउने गरेको बताउनु भयो ।

उहाँले निर्माण व्यवसायीहरुको कारण सरकारी निकायहरुमा बेरुजु नपाउने उल्लेख गर्नुभयो । उहाँले सरकारी निकायका प्रमुखले नियम कानून कर्डाई गर्ने हो भने बेरुजु कम हुने बताउनु भयो ।

उहाँले बेरुजु राख्ने,बेरुजु देखाउने र जनताको करको रक्षा गर्ने काम लेखा समितिको भएको बताउनु भयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बेरुजुको प्रभाव निर्माण व्यवसायीहरुको ठूलो रहेको बताउनु भयो ।

उहाँले बेरुजु सरकारी निकायले सबै काम गरेर व्यवसायीहरुको नाममा बेरुजु बनाएर समस्या भएको बताउनु भयो । उहाँले सरकारी निकायहरुबीच समन्वयको अभाव खड्कीएको बताउनु भयो ।

उहाँले सबैले अधिकारको सीमाभित्र मात्रै रहेर काम गरेको तर दायित्व निर्वाह गरेको नदेखिएको बताउनु भयो । उहाँले बेरुजु बेरुजु नै भए हरेक वर्ष किन दोहोरिरहन्छ ? भन्दै प्रश्न गर्नुभयो ।