• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम

स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा अध्यक्ष ओली पक्षीय कार्यकर्ताबाट अवरोधको प्रयास



 काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी )नेकपा)का शिर्षतहको मनमुटाब  तल्लोतह सम्म पुगेको छ । एक समुहका नेता  बिरुद्ध अर्को समुहमा कार्यकर्ताले  नाराबाजी तथा होहल्ला  गर्ने तह सम्म देखिन थालेको छ । यसै क्रममा  स्थायी समिति सदस्य  एबं पूर्बअर्थमन्त्री सुरेन्द्र पाण्डे पूर्वी चितवनमा आयोजित एक  कार्यक्रममा सहभागी कार्यक्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षधर कार्यकर्ताहरुले नाराबाजी गर्दे अबरोध गर्ने प्रयास गरेका छन् ।

 चितवनको राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे ले कार्यकर्ताहरुलाई सम्बोधन गर्दे  गर्दा ओली पक्षधरका कार्यकर्ताहरुले पार्टी एकता बिरोधी अभिब्यक्ति दिएको भन्दै  अबरोधको प्रयास गरेका थिए । यता नेता पाण्डे माथी भएको दूब्र्यबहारको तत्काल छानबिन गर्न र दोषीलाई कारबाही गर्न शिर्षनेताहरुले माग गरेका छन् । उनिहरुले फरकमतको सम्मान  गर्न आग्रह गरेका  छन् ।

यसै क्रममा बरिष्ठ नेता माधब कुमार नेपालले पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य  सुरेन्द्र पाण्डे  राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहारको निन्दा एवम् भर्त्सना गर्दछु  भन्दै सामाजिक संञ्जालमा लेख्नुभएको छ ।

यसैगरी पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले लेख्नु भएको छ –आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद कड्डसुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन।चेत होस्।

यसै गरी स्थायी समिति सदस्य एबं पर्यटनमन्त्री योगेश भट्टराईले लेख्नु भएको छ –हुलहुज्जत बहुदलीय जनबादको कोर्श होईन  बिमर्श, छलफल र फरकमतको सम्मान जबजको बिशेषता हो  । नेकपा केन्द्रिय सदस्य डा बिजय पौडेलले लेख्नु भएको छ –नेकपा स्थायी समितिका सदस्य, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आज चितवनको राप्ति नगर पालिकाको कार्यक्रममा बोलिरहेको बेला केही मानिसहरुले हुलहुज्जत गरी निकृष्ट ब्यवहार गरेका छन् । यस्ता मानिसहरु जुनसुकै आवरणमा भए पनि पार्टी र लोकतन्त्र विरोधी हुन् । यस्तो कृयाकलाप अशोभनीय छ ।

यसै गरी केन्द्रिय सदस्य रामकुमारी झाक्रिले लेख्नुभएको छ –आज चितवनमा मा .सांसद कमरेड सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा जे भयो यो धेरै दुखद घटना हो। केही दिन पहिले पर्सामा भएको घटना फौजदारी  केस मात्र थिएन पार्टी अनुशासनको गभ्भिर उल्लंघन थियो, वैचारिक बिचलन थियो। त्यसलाई पार्टी भित्र एजेण्डा बनाउन नसक्नु नेतृत्वको गम्भिर भूल थियो।

यसैगरी  केन्द्रिय सदस्य ठाकुर गैरे लेख्नुहुन्छ–नेकपा नेता माननीय सुरेन्द्र पाण्डे प्रति आज चितवनमा  दुर्ब्याबहार भएको छ।यस्तो कार्यलाइ प्रोत्साहन नगरौ।कतै दोहोरिन नदिउ।पार्टी एकता कायम राख्न आ आफ्नो ठाउँबाट सक्दो योगदान गरौ। बहस लाइ मर्यादित बनाउ। केही समय अघि दुई गुटको झडपका कारण पर्सामा नेकपाका एक कार्यकर्ताको ज्यान गएको थियो ।