५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस



अ+ अ-

काठमाडौँ । विश्वका विभिन्न मुलुकका राजधानीस्थित नेपाली नियोगमा संविधान दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएका समाचार आज पनि प्राप्त भएका छन् ।

राष्ट्रिय दिवसका अवसरमा शुक्रबार ढाका, ब्याङ्कक, जेनेभा र ब्रासिलियास्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका ती नियोगले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।

ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङगठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लले आतिथेय मुलुकका उच्च पदस्थ अधिकारी, नेपालका मित्र, कामको सिलसिलामा त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाली तथा त्यहाँ सेवारत विभिन्न देशका कूटनीतिकज्ञको उपस्थितिमा स्वागत समारोह आयोजना गर्नुभएको थियो ।

राजदूत भण्डारी, ओली, सुवेदी र काफ्लले संविधान दिवसको महत्वबारे चर्चा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको आर्थिक–सामाजिक उन्नयनका निम्ति प्रवासी नेपालीले पनि सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँहरूले विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नुपर्ने तथा ज्ञान र प्रविधि हस्तान्तरणमा सघाउन आह्वान गर्नुभएको थियो ।