१० मंसिर २०८१, सोमबार
,
Latest
मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजगार गर्नेछ: प्रधानमन्त्री आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह एकैदिन झण्डै १६ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ करोबार? एनपीएलको ट्रफी धरहराबाट अनावरण (तस्बिरहरु) बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ : एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

सम्मेलनको आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो । एसियाली देशका सुरक्षण संस्थाको ३६औँ सम्मेलन (एसिक कन्फ्रेन्स)मा ती देशका सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो ।

सम्मेलन उद्घाटनमा अर्थमन्त्री पौडेलले वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्व हुने उल्लेख गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले कुनै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षति संरक्षण गर्न र वित्तीय प्रणालीमा रहेको जोखिम न्यूनीककरण गर्न थप विश्वसनीय बनाउन निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिका ठूलो रहने उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले नविन सोच तथा प्रविधिमा आधारित नवप्रवर्तन व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले नवप्रवर्तनका लागि ‘इकोसिष्टम’ विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको छ । बजेटमार्फत रु १ अर्बको नेपाल स्टार्टअप कोषको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।”

सुरक्षण सेवाका कारण साना व्यवसाय सफल भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बचत गर्ने संस्कारको विकास भई पुँजी परिचालमा पनि सहयोग पुगेको बताउनुभयो ।

उहाँले आर्थिक विकासका लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुँच विस्तार गर्न जरुरी रहेको बताउनुभयो । कर्जा परिचालन र फिर्ताको सुनिश्चितताका लागि कर्जा सुरक्षण कोषको स्थापना भएको स्मरण गर्दै उहाँले त्यसबाट महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गर्नुभयो ।

उहाँले सोही समारोहमा निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१औँ वार्षिकोत्सवको समेत उद्घाटन गर्नुभएको थियो ।

एसिक सम्मेलन सोमबारसम्म चल्ने छ । मन्त्री पौडेलले सम्मेलनले आपसी बलियो अन्तर्राष्ट्रिय संस्थागत सञ्जाल निर्माण हुँदा कर्जासम्बन्धी जिम्मेवार संस्थाको क्षमता अभिवृत्ति हुनेमा विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले कर्जा सुरक्षाका लागि रचनात्मक सुधारमा सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मेलनले नेपाल जस्ता देशको आर्थिक विकासमा सहयोग पुर्याउनेमा  अपेक्षा गरिएको बताउनुभयो । सम्मेलनबाट प्राप्त हुने निचोड नेपाललगायतका देशलाई आवश्यक नीति निर्माणमा समेत सहयोग पुर्याउने उहाँको भनाइ थियो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले सम्मेलन कर्जा सुरक्षणका लागि बलियो आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायका प्रतिनिधिले आफ्नो अनुभव राख्नेछन् ।  सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ देशका प्रतिनिधिहरुको सहभागिता छ ।रासस