२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक सर–समान खरिदपश्चात्को भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १०% वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।