२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त



अ+ अ-

काठमाडौं। बिहिबार दरबारमार्गमा संविधान दिवसका अवसरमा भएको कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्ने एक युवा ज्यान मुद्दाका फरार अभियुक्त रहेको पाईएको छ ।

नाराबाजी गरेपछि पक्राउ परेका तिलक खड्का ज्यान मुद्दामा फरार रहेको पाइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। बझाङको मस्टा-३ घर भई हाल माछापोखरीमा बस्दै आएका खड्कालाई पुरानो मुद्दाको आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइने उनले बताए ।

खड्कासँगै पक्राउ परेका अन्य तीन जनालाई भने शुक्रवार छाड्ने प्रहरीको तयारी रहेको प्रवक्ता अधिकारीले बताए ।

बिहिबार नेशनल डे कन्सर्टमा बालेनको नारा लगाएपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुले प्रधानमन्त्रीले सम्बोधन गर्ने बेला प्रधानमन्त्री ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरेका थिए ।