२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री शर्मालाई पितृशोक



अ+ अ-

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पितृशोक परेको छ ।

उनका बुवा वरिष्ठ साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका गिरिराजलाई बिहान स्वास्थ्यमा समस्या देखिएपछि बुटवलको गौतम बुद्ध मुटु अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उनको बुधबार दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ । गिरिराजको पार्थिक शरीर दाङको घोराही– १८ मसिनास्थित निवासमा पुर्‍याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ ।

गिरिराजको अन्त्येष्‍टि बिहीबार बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने ज्वाइँ कृष्णध्वज खड्काले जानकारी दिए । गिरिराजको जन्म वि.सं १९९७ साल जेठ १५ गते भएको थियो ।