२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने



अ+ अ-

काठमाडौँ । संविधान दिवसको अवसरमा धरहरा अस्थायी रूपमा सर्वसाधारणका लागि निःशुल्क खुला गरिने भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार भोलिदेखि धरहरा सञ्चालनमा आउन लागेको हो ।

भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्न लागिएको छ । अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिने बताइएको छ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।

दुई वटा विद्युतीय लिफ्टको प्रयोग गरेर धरहरा चढ्नेहरुले माथि पुग्न र तल झर्न सक्नेछन् । धरहरा चढेकाहरुले करिब १० मिनेट मात्रै यसको बार्दली क्षेत्रमा बिताउन पाउने तथा फोटो भिडियो खिच्न समेत दिइने छ ।

अहिलेसम्म धरहरा निर्माणको ९५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वैशाख २०७८ मा आधा काम सम्पन्न हुन नपाउँदै धरहराको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपछि पनि निर्माण चलिरहेकाले धरहरा चढ्नका लागि खुला गरिएको थिएन । ओली पुनः प्रधानमन्त्री भएपछि धरहरा चढ्न पाउने प्रबन्ध मिलाउने गरी मन्त्रिपरिषदबाट निर्णय गर्नुभएको हो ।