२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने



अ+ अ-

एजेन्सी । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बुधबार बताउनुभएको छ ।

सेप्टेम्बर २७ को आन्तरिक मतदानमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) का प्रमुख फुमियो किशिदाको उत्तराधिकारीका रूपमा नौ उम्मेदवारहरू मध्ये तीन जना अगाडि सरेका छन् ।

प्रतिस्पर्धीमध्ये कन्जरभेटिभ आर्थिक सुरक्षामन्त्री साने ताकाइची एलडिपीका पूर्व महासचिव सिगेरु इशिबा र पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा सिन्जिरो कोइजुमी रहेका छन् ।

कन्जरभेटिभ एलडिपीले दशकौँदेखि संसदमा बहुमतसहित शासन गर्दै आएको छ ।

संसदीय मामिलाका एलडिपी सांसद यासुकाजु हमादाले विपक्षी समकक्षीलाई नयाँ प्रधानमन्त्री चयन गर्न पार्टीले अक्टोबर –१ मा संसद सत्र बोलाउने योजना बनाएको बताउनु भएको छ ।

विपक्षी पार्टीको स्वीकारोक्तीपछि सरकारले सोमबार औपचारिक रूपमा मिति घोषणा गर्ने जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२१ को अक्टोबरदेखि सत्तासिन किशिदाले मूल्य वृद्धि लगायतका काण्डपछि भएका समीक्षामा आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्कनमा आएको परिणामपछि किशिदाले गत महिना आफूले पदमुक्त हुने घोषणा गर्नु भएको थियो ।

चुनावमा एलडिपीका सांसदहरूले मतदान गरेपछि मतहरू पार्टी सदस्य र समर्थकको प्राथमिकताको आधारमा निर्धारण गरिनेछ ।

जापानी सञ्चारमाध्यमले गरेको सर्वेक्षणमा तकाइची, इशिबा र कोइजुमीलाई अगाडि राखेका छन् ।

कोइजुमीले चुनाव जितेमा जापानको सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नु हुनेछ भने एलडिपीको कन्जरभेटिभ मुखर राष्ट्रवादी तकाइची देशको पहिलो महिला नेता बन्नु हुनेछ ।