१ असार २०८३, सोमबार
,
Latest
एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र हिमालयसँग सम्बन्धित करिब पाँच हजार दुर्लभ पुस्तकहरूको पुस्तकालय अब सबैका लागी खुल्ला



अ+ अ-

काठमाडौँ । नेपाल र हिमालयसँग सम्बन्धित करिब ५,००० दुर्लभ पुस्तकहरूको पुस्तकालय अब सबैका लागी खुल्ला गरिएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले भक्तपुरको नेपाल भोकेसनल एकेडमीमा प्रोफेसर टेड रिक्कार्डी स्मारक रिडिंग रुमको उद्घाटन गर्नुभयो ।

रवीन्द्र पुरी फाउन्डेसन र एलेन कुनद्वारा आयोजित उक्त कार्यक्रममा, २०२० मा दिवंगत हुनुभएका कोलम्बिया विश्वविद्यालयका प्रोफेसर एमेरिटस टेड रिक्कार्डीको सम्झना र सम्मान गरिएको थियो ।

अमेरिकी दूतावासद्वारा पुनर्स्थापनाका लागि आर्थिक रूपमा सहयोग गरिएको यो संग्रह अब नेपाल र विदेशका अनुसन्धानकर्ता र शिक्षाविदहरूका लागि उपलब्ध हुनेछ ।

अमुल्य संग्रहहरुको अवलोकन गर्न दूतावासले निमन्त्रणा गरेको छ ।




भर्खरै