६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको न्यूयोर्कमा ओली–मोदी भेट्ने तयारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सो भेटवार्ताका लागि यही सेप्टेम्बर २२ को साँझ ५:३० मा सो भेटका लागि प्रस्ताव गरिएको छ । सो समय दुवै तर्फको सहमतिबाट राखिएको बताइएको छ । “भारतीय पक्षले सो समयमा सहमति गरेको छ तर पनि भेट हुने विषयमा निश्चित गरेको छैन” परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

मोदी एक दिनका लागि मात्र न्युयोर्क जाँदैछन् । उनी २२ तारिखमात्र न्युयोर्क बस्ने भएकाले सोही समय प्रस्ताव गरिएको बताइएको छ । मोदी एक दिनमात्र रहने भएकाले उनले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन भने भारतीय विदेशमन्त्री एस जयशंकरले गर्ने भएका हुन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओली २१ तारिख न्युयोर्क पुग्दैछन् । ओलीले भने राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोत भन्छ “पहिले यो समय पनि तय भएको थिएन । भारतीय पक्षले प्रधानमन्त्री एक दिनका लागि मात्र जाने भएकाले समय नरहेको बताउँदै आएको थियो । अहिले यो समय दुबै पक्षबाट तय गरिएकाले भेटवार्ताको सम्भावना रहेको छ ।”

ओली नेपालको प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुन सकेको छैन । महिना दिनमात्र अघि नेपालमा भारतीय विदेश सचिव आएका थिए र उनले प्रधानमन्त्री ओलीलाई भ्रमणको निमन्त्रणा गर्ने अनुमान गरिएको भएपनि आमन्त्रण गरिएन । त्यसपछि परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारत भ्रमणमा गएका बेला पनि मोदीले ओलीलाई भ्रमणका लागि आमन्त्रण गरेनन् ।

उता प्रधानमन्त्री ओलीले नै मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । ओलीलाई भारतले भ्रमणको निमन्त्रणा नगरेको विषयलाई वर्तमान सरकारको भविष्यसँग जोडेर हेर्न थालिएको छ ।

दुई प्रधानमन्त्रीबीच यसअघि बिमस्टेकमा उनीहरुबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको भए पनि त्यो पनि समय तय भएको थिएन । बिमस्टेकको सम्मेलन रोकिएपछि दुई प्रधानमन्त्रीबीच नेपालले न्युयोर्कमा भेट्ने कार्यक्रम बनाएको हो ।