३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने



अ+ अ-

एजेन्सी । आम आदमी पार्टी (आप) का नेता गोपाल रायले मङ्गलबार चाँडै निर्वाचनका लागि पार्टीको माग दोहोर्याउँदै जनताले अरविन्द केजरीवाललाई ‘ठूलो’ बहुमतले निर्वाचित नगरेसम्म आतिशीले दिल्लीको मुख्यमन्त्रीको जिम्मेबारी वहन गर्नुहुने बताउनुभएको छ ।

“अरविन्द केजरीवालले राजीनामा दिने निर्णय गर्नुभएपछि आज संसदीय दलको बैठकमा आगामी निर्वाचन नभएसम्म दिल्लीको मुख्यमन्त्रीको जिम्मेबारी आतिशीले लिनुहुने निर्णय भएको छ”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी अक्टोबर–नोभेम्बरमा चाँडोभन्दा चाँडो निर्वाचन गर्न चाहन्छौँ र जनताले केजरीवाललाई निर्वाचित गर्नेछन् ।”

उहाँका अनुसार बैठकमा विधायकहरूले आतिशीलाई दुईवटा जिम्मेबारी दिएका छन् । पहिलो भारतीय जनता पार्टी (भाजपा) को अवरोधका बाबजुद काम जारी राख्नु र अर्को आपले प्रयोग गर्ने सबै रणनीतिबाट दिल्लीका जनतालाई बचाउनु रहेको छ ।

रायले दिल्लीका मुख्यमन्त्री केजरीवालले आज आफ्नो पदबाट राजीनामा दिने र पुन: नयाँ सरकारको दाबी प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

केजरीवालको उत्तराधिकारीका रूपमा आतिशी चयन भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै दिल्ली सरकारका मन्त्री कैलाश गहलोतले भन्नुभयो, “सबैले आतिशीको नाममा सर्वसम्मति जनाए ।” गहलोतलाई मुख्यमन्त्री पदका लागि सम्भावित उम्मेदवारका रूपमा हेरिएको थियो ।

आपका राष्ट्रिय संयोजक तथा दिल्लीका मुख्यमन्त्री केजरीवालले मङ्गलबार पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गर्नुभयो । राष्ट्रिय राजधानीमा आफ्नो आवासमा बसेको संसदीय दलको बैठकमा राख्नुभएको उक्त प्रस्तावलाई विधायकहरूले समर्थन गरेका थिए ।

शनिबार केजरीवालले दिल्लीका जनताले आफूलाई ‘इमान्दार’ घोषणा नगरेसम्म मुख्यमन्त्री नबन्ने भन्दै पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । जनताले पुन: निर्वाचित गरेको अवस्थामा त्यो आफ्नो इमान्दारीको ‘प्रमाणपत्र’ हुने उहाँले बताउनुभयो ।

कथित दिल्ली उत्पादन शुल्क नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार मामिलामा सर्वोच्च अदालतले जमानत दिएपछि तिहाड जेलबाट रिहा भएको दुई दिनपछि ५४ वर्षीय केजरीवालले उक्त घोषणा गर्नुभएको हो ।

उहाँले राष्ट्रिय राजधानीमा फेब्रुअरीमा हुने निर्वाचनअघि यस वर्षको नोभेम्बरमा निर्वाचन गराउन आह्वान गर्नुभएको छ ।