२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षकै उमेरमा घर–घर गएर पर्फ्युम बेच्ने गर्थे विवेक ओबराय



file photo
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता विवेक ओबेरोय अभिनयका साथै व्यवसायिक क्षेत्रमा पनि चिनिन्छन् । उनको रियल स्टेट कम्पनी पनि छ ।

यस्तो अवस्थामा विवेकले एक अन्तर्वार्तामा बताए कि कसरी उनका बुबाले उनको बाल्यकालमा नै एक व्यापारीको मानसिकता उनमा बसाएका थिए । जसको फाइदा आज उनले पाइरहेका छन् ।

विवेक ओबेरोयले इन्टरटेनमेन्ट लाइभलाई दिएको अन्तर्वार्तामा भनेका थिए– ‘म १० वर्षको हुँदा बुबाले मलाई एउटा टास्क दिनुभयो । एक महिनापछि बिदामा जाने उहाँले बताउनुभयो । तर त्यसअघि यी चार हप्तामा उनले केही सिक्नुपर्नेछ । मेरो बुवाले मलाई बेच्नका लागि पर्फ्युम दिनुभयो र एउटा डायरी पनि दिनुभयो । म हरेक दिन साइकलमा घर–घर गएर पर्फ्युम बेच्ने गर्थेँ । त्यो समयमा मैले धेरै गल्ती गरे तर धेरै सिकें ।’

विवेक ओबेरोयले सन् २००२ मा फिल्म ‘कम्पनी’ बाट डेब्यु गरेका थिए । यसपछि उनले ‘मस्ती’, ‘ग्रान्ड मस्ती’, ‘शूटआउट एट लोखंडवाला’ जस्ता धेरै फिल्ममा पनि काम गरे । उनको व्यक्तिगत जीवन विशेषगरी ऐश्वर्या राय बच्चनसँगको अफेयर र सलमान खानसँगको विवादले चर्चामा रह्यो । २०१० मा, विवेकले कर्नाटकका पूर्व मन्त्री जीवराज अल्वाकी छोरी प्रियंका अल्वासँग विवाह गरे ।