२३ श्रावण २०८३, शनिबार
,
Latest
सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी मुलुकको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैनः अध्यक्ष प्रभु साह ‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिकः २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रश्ताव अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि होइन, संविधानवादको रक्षाका लागि होः चन्द्रकान्त राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषा शैली जगाउन आफ्नै भाषाको म्युजिक भिडियो



अ+ अ-

मनाङ । माथिल्लो मनाङमा यतिखेर भाषाशैली जोगाउन मनाङ्गे भाषाको म्युजिक भिडियोको छायांकन भइरहेको छ ।

देशका विभिन्न ठाउँमा स्थानीय भाषा शैली र परम्परा लोभ हुँदै गहेको अवस्थामा यहाँ भाषा शैली र परम्परा जोगाई राख्न म्युजिक भिडियो निर्माण गर्नलागेको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष बिनोद गुरुङले बताउनुभयो ।

उहाँका अनुसार बृद्धबृद्वाहरु मृत्युु हुँदै जाने र युवायुवतीहरु अध्यापनका लागि बाहिर जानू र बिदेशिनाले भाषाशैली लोप हुँदै गएको छ । उहाँले भन्नुभयो– ‘पुराना मानिस सकिए सँगै भाषा संकृति नै जाने डर छ । त्यसैले हाम्रो भाषा जोगाई राख्न यश म्युजिक भिडियोले सहयो गर्ने छ ।’ ।

पल घलेको मनाङे नानी र ओे माया ओ बोलको मनाङ भाषाको गीत, सोनम गुरूङको ’आमा‘ बोलको मनाङे भाषाको गीतको म्युजिक भिडियोको छांयाकन भई रहेको छ ।

शब्द्व संगीत पल घले, गायक हरू दिका गुरूङ, सोनाम गुरूङ, पल घले र भ्वाईस अफ नेपाल सिजन छ को टप ट सम्म पुग्न सफल मनाङ कै गायिका ईना गुरूङ सबै मनाङका स्थानिय कलाकार हुन् ।

म्युजिक भिडियोमा बिनोद गुरुङलगायत स्थानीय कलाकारले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो मनाङका ङावल, मनाङगाउँ भ्राका लगायतका ठाउँमा छायांकन भइरहेको हो ।