१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ सार्वजनिक



अ+ अ-

काठमाडौं । लेखक तथा पत्रकार सुधीर शर्माका दुई पुस्तक सार्वजनिक भएका छन् । नेपाल–चीनबारे इतिहासदेखि वर्तमानसम्मका राजनीतिक र सांस्कृतिक सम्बन्धका आयाम समेटिएका दुई पुस्तक सार्वजनिक गरिएको हो ।

इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ र नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’ पुस्तक लेखका हुन् ।

दुवै पुस्तकको आइतबार काठमाडौंमा पन्चवीरसिंह तुलाधर र ज्योतिलक्ष्मी शाक्यले विमोचन गरे । तुलाधर र शाक्य तिब्बतमा बसेर नजिकबाट नियाल्ने व्यक्तिहरू हुन्, जोसँग शर्माले आफ्नो किताब लेखनका क्रममा कुराकानी समेत गरेका छन् ।

विगतमा नेपालको सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा भारत, दरबार र नेपालका राजनीतिक दलहरूको सम्बन्ध र त्यबेलाका राजनीतिक घटनाक्रममा केन्द्रित गरेर ‘प्रयोगशाला’ र ‘नेपाल नेक्सस’ पुस्तक लेखिसकेका शर्माले यसपटक चीन मामिलाको विषयमा पुस्तक ल्याएका हुन् ।

पुस्तकमाथि एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र पूर्वसभासद तथा चीन अध्येता लीला न्याँइच्याँइले विमर्श गरे ।

एमाले महासचिव पोखरेलले बदलिएको विश्व परिवेशका सन्दर्भका बारेमा एशियाको विकासका सम्भावनाका बारेमा एशियाकै ज्ञान, सिद्धान्तआधारित विश्व व्यवस्थाको निर्माणका सन्दर्भका बारेमा हामीले विमर्श सुरू गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेस महामन्त्री गगन थापाले चीनले एकातिर नेपालका सबै दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति वाग्लेले दुवै पुस्तक तथ्यमा आधारित रोमाञ्जक उपन्यास जस्तो रोचक रहेको उल्लेख गर्दै इतिहासमा सबै ठीक थियो अहिले फरक छ भन्ने हिसाबले मात्र सम्बन्धहरूलाई बुझ्न नहुने बताए । उनले पुस्तकले एउटा लामो इतिहास र वर्तमानको चित्रण गरेको उल्लेख गर्दै उनले तिब्बतको महत्त्व घट्दै गए पनि तिब्तियन प्लेटको महत्व बढ्दै गएको कुरा पुस्तकले पनि उजागर गर्ने बताए ।

पूर्वसभासद् न्याइँच्याइँले हजारौं वर्ष पुरानो चीन भोट व्यापार र इतिहासकमा कसरी सफ्टपावरको प्रयोग हुन्थ्यो भन्ने पुस्तकमा खुलेको बताइन् । उनले सफ्टपावर के के हुन्छन् भन्ने तथ्य पुस्तकमा प्राप्त गर्न सकिने बताइन् ।

किताब पब्लिसर्सबाट प्रकाशित पुस्तकमा लेखक शर्माले चीन र तत्कालीन स्वायत्त राज्य तिब्बतसँगको सम्बन्धलाई हेर्न खोजेका छन् । दुईमध्ये पहिलो किताब (भिक्षु, व्यापार र विद्रोह) ले इतिहासलाई हेर्छ । सातौं शताब्दीदेखि सन् २००८ सम्मको अवधि त्यसमा छ । दोस्रो किताब (हिमालपारिको हुरी) मा सन् २००८ पछिको अवधि छ । त्यसयता कस्ता उचारचढाव आए, चीनको संलग्नता कस्तो रह्यो भनेर केलाउने प्रयास उनले गरेका छन् ।